सुनौलो नेपाल
काठमाडौं नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को केन्द्रीय समिति बैठक सुरु भएको छ । बुधबार बिहानबाट राष्ट्रियसभा गृहमा केन्द्रीय समिति दोस्रो पूर्ण बैठकको उद्घाटनसत्र चलिरहँदा प्रधानमन्त्री ओलीले सम्बोधनमा क्रममा आफुहरु बिरुद्द चौतर्फी प्रचार आक्रमण भएको बताएका छन् । उनले भने कमरेडहरु हाम्राविरुद्ध प्रचार आक्रमण तीव्र रुपमा भयो । नियम अनुसार युद्धमा दुवै तर्फाबाट आक्रमण हुन्छ यहा हामीलाई एकतर्फी आक्रमण मात्रै भएको छ हामी तिनीहरुलाई नतिजाबाट जबाफ दिनेछौ केन्द्रिय कमिटिको बैठकमा प्रधानमन्त्री ओलीले भने ।
बैठकमा आजै अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजनीतिक प्रतिवेदन पेश गर्ने छन् ।महासचिवले संगठन तथा विधान संशोधन प्रस्ताव पेश गर्नेछन्। आमन्त्रित स्थायी समिति सदस्यसहित केन्द्रीय समिति बैठकमा ४४७ सदस्य सहभागी हुनेछन्। सहभागी केन्द्रीय सदस्य १५ समूहमा विभाजन हुनेछन्। एउटा समूहमा २९ नेता रहनेछन्। यी समूहले राष्ट्रियसभा, धुम्बाराही र पेरिसडाँडा गरेर तीन ठाउँमा छलफल गर्नेछन्।
केन्द्रीय समिति बैठकमा एजेन्डागत छलफल १५ समूहमा बिहीबारदेखि सुरु हुनेछ। यो समूहमा सचिवालय सदस्य भने सहभागी हुने छैनन्। समूहले ग्रुप लिडर बनाएर छलफलमा उठेका सवाल र सुझाव शुक्रबारबाट केन्द्रीय समिति बैठकमा रिपोर्टिङ गर्नेछन्।