काठमाडौं । नेपाली बजारमा सुनको मूल्य तीन सय रुपैयाँले सस्तिएको छ ।
साताको पहिलो कारोबार दिन आइतबार सुन तीन सय रुपैयाँले घटेर प्रतितोला १ लाख १२ हजार २ सय रुपैयाँमा खरिदबिक्री भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।
यसअघि शुक्रबार सुन प्रतितोला १ लाख १२ हजार ५०० रुपैयाँमा किनबेच भएको थियो। तेजाबी सुन १ लाख ११ हजार ६५० रुपैयाँ कायम भएको छ।
यस्तै, सुनको मूल्य घटेपनि चाँदी भने स्थिर रहेको छ। आज चाँदी प्रतितोला १४ सय ८० रुपैयाँ कारोबार भएको छ। साताको अन्तिम कारोबार दिन शुक्रबार चाँदी प्रतितोला सोही मूल्यमा कायम भएको थियो ।