logo

२०८१ मंसिर ८ शनिबार

logo
  • शनिबार, ८ मंसिर २०८१
  • नियामकीय असक्षमताले हवाई यात्रा असुक्षित देखियो: सोविता गौतम

    नियामकीय असक्षमताले हवाई यात्रा असुक्षित देखियो: सोविता गौतम

    875
    Shares
    नियामकीय असक्षमताले हवाई यात्रा असुक्षित देखियो: सोविता गौतम

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोविता गौतमले नेपालको हवाइ यातायात असुरक्षित देखिएको उल्लेख गर्दै नेपालको नियामकिय असक्षमता भएको बताएकी छिन् ।

    उनले दुर्घटनामा चालक र एयरलाइन्सलाई गल्ती देखाएर राज्यले उन्मुक्ति पाउनु नहुने बताइन् । उनले एउटा पृथक, विशिष्टिकृत र सशक्त नियामक निकाय चाहिएको भन्दै सेवा प्रदायक र नियामक निकाय छुट्टाछुट्टै हुनुपर्ने बताइन् ।

    उनले भनिन्, ‘हवाइ यातायात नेपालमा सबैभन्दा असुरक्षित देखिएको छ । उडान सुरक्षाको अवस्था निरन्तर ओरालो लागेको छ । यो नियामकिय असक्षमता र टोटल रेगुलेटरी फेलिएर हो । यात्रा गर्ने यात्रुले राज्य छ । हामी यात्रा गर्दा सुरक्षित छौँ भन्ने आश्वस्त भएर यात्रा गरेको हुन्छ । चालक या एयरलाइन्सको गल्ती देखाएर राज्यले उन्मुक्ति पाउन सक्दैन । यदी त्यस्तो हुने हो भनेदेखि अन्यत्र पनि जहाज खसेको खसेकै हुन्थे होलान् नि । तर एयरलाइन्स नै जवाफदेहि हुनेभएदेखि यो नियामक निकाय किन चाहिएको ? म मन्त्रीज्यूसँग प्रश्न गर्न चाहन्छु । नियामक निकाय अर्थात नागरिक उड्यन प्राधिकरण ठूल्ठूला प्रोजेक्ट बनाउन, ठूल्ठूला टर्मिनल भवन बनाउन, विमानस्थल सञ्चालन व्यवसाय गर्नमा केन्द्रित भएको देखिन्छ । यही नै हो कन्फ्लिक्ट अफ इन्ट्रेष्ट भनेको । त्यसलै नेपालमा एउटा पृथक, विशिष्टिकृत र सशक्त नियामक निकाय चाहिएकै छ । रास्वपाले सेवा प्रदायक र नियामक निकाय छुट्टाछुट्टै हुनुपर्छ भनेर स्पष्ट माग राख्दै आएको छ ।’


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend