बिहिबार, चैत्र २८ २०८१

बिहिबार, चैत्र २८ २०८१

लुम्बिनीका पूर्वमन्त्री यादव बैंकिङ कसुरमा पक्राउ

लुम्बिनीका पूर्वमन्त्री यादव बैंकिङ कसुरमा पक्राउ

लुम्बिनी । लुम्बिनी प्रदेशका पूर्वमन्त्री विजय यादव बैंकिङ कसुरको आरोपमा पक्राउ परेका छन् । बाँकेको डुडुवा गाउँपालिका १ होलियाबाट यादवलाई आइतबार प्रहरीले पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार यादवविरूद्ध जिल्ला अदालत रूपन्देहीमा बैंकिङ कसुर मुद्दा दायर भउको थियो । सोही मुद्दामा अदालतले यादवको नाममा जारी गरेको पक्राउ पुर्जीका आधारमा यादवलाई पक्राउ गरिएको बाँके प्रहरीले जनाएको छ ।

पक्राउ परेका यादवलाई जिल्ला अदालत रूपन्देहीमार्फत् जिल्ला प्रहरी कार्यालय रूपन्देहीमा बुझाइएको बाँकेका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक नारायण डाँगीले जानकारी दिए ।

रूपन्देहीका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले यादवलाई सोमबार कार्यालयमा बुझाइएको बताए । ‘बाँके प्रहरीले पक्राउ गरी आज बिहान मात्रै जिल्ला प्रहरी कार्यालय रूपन्देहीलाई बुझाएको हो,’ अर्यालले भने।

नेपाली कांग्रेसबाट राजनीतिक प्रवेश गरेका यादवले दलको टिकट नपाएको झोंकमा पार्टी त्याग्दै आएका थिए । २०७४ सालको निर्वाचनमा नेपाली कांग्रेसले टिकट नदिएपछि जनता समाजवादी पार्टीमा प्रवेश गर्दै बाँके–२ (क) बाट प्रदेश सभा सदस्यमा निर्वाचित भई मन्त्री समेत बन्न पुगेका थिए ।

पछिल्लो शंकर पोखरेल नेतृत्वको प्रदेश सरकारमा पार्टीको निर्णयविपरीत एमाले सरकारमा सामेल भएको भन्दै उनलाई पार्टीले कारबाही गरेको थियो।

गत निर्वाचनमा भने एमाले प्रवेश गरी उम्मेदवार बने पनि उनी पराजित भएका थिए ।

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend