काठमाडौं । नेकपा एमालेका नेता भीम रावल फेरि पार्टीमा सक्रिय हुन थालेका छन् ।
गृह जिल्ला अछाम पुगेका पूर्व उपाध्यक्ष रावल पुनः पार्टीमा सक्रिय देखिएका हुन् । अछाम, साँफेबगरमा एमालेका नेता र कार्यकर्ताहरूसँग भेटघाट गर्दै उनले पार्टीका गतिविधि र काम कारबाहीबारे छलफल गरेका छन् । उनले त्यसको भिडियो पनि सामाजिक सञ्जालमा सर्वाजनिक गरेका छन् ।
गत महाधिवेशनमा केपी ओलीसँग अध्यक्षमा प्रतिस्पर्धामा गरेका रावल पछिल्लो समय पार्टीका गतिविधिबाट टाढा रहँदै आएका थिए ।
केन्द्रीय सदस्य पदसमेत स्वीकार नगरेका रावलले पार्टीको पद तथा गोपनीयताको शपथसमेत लिएका थिएनन् । पार्टीमा उनलाई सक्रिय बनाउनका लागि वार्ता टोलीसमेत बनाइएको थियो ।