बिहिबार, बैशाख ४ २०८२

बिहिबार, बैशाख ४ २०८२

नेपाल एयरलाइन्सको जहाज मलेसियामा डिले भएपछि गठन गरियाे छानबिन समिति

नेपाल एयरलाइन्सको जहाज मलेसियामा डिले भएपछि गठन गरियाे छानबिन समिति

काठमाडौं ।क्वालालाम्पुर–भैरहवा–काठमाडौं उडानका दौरान मलेसियामा नेपाल एयरलाइन्सको उडान डिले भएको विषयमा छानबिन गर्न समिति बनाइएको छ ।

निगमको आरए ४२२ उडान भर्नु अगाडी ९एन–एकेडब्यू जहाजको क्रू अक्सिजन बोतलको प्रेसर कम भएको र त्यसको जोहो हुन नसक्दा उडान रोकिन पुगेको थियो ।

अहिले यसको व्यवस्था भइसकेको र जहाज उड्ने क्रममा रहेको निगमले जनाएको छ ।

के–कस्तो प्राविधिक कारणले यो समस्या आएको हो र भविष्यमा यो समस्या दोहोरिन नदिन के गर्नुपर्छ भन्ने विषयमा सुझाव दिनका लागि निगमले एक छानबिन समिति गठन गरी कारबाही प्रक्रिया अघि बढाएको बताइएको छ ।

कम्पनीले उडानमा ढिलाई भएकोप्रति यात्रुसँग क्षमा माग्दै आगामी दिनमा यस्तो हुन नदिने प्रतिबद्धता जनाएको छ ।

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend