बेइजिङ — कोरोना भाइरसको संक्रमणबाट चीनमा मृत्यु हुनेको संख्या १७० पुगेको छ । चीनको राष्ट्रिय स्वास्थ्य आयोगले दिएको जानकारीअनुसार बिहीबार बिहानसम्म कोरोना भाइरसको संक्रमणबाट १७० जनाले ज्यान गुमाएका छन् भने झन्डै ८ हजारमा यसकाे संक्रमण देखिएकाे छ ।
चीनको वुहानमा कोरोना भाइरसको संक्रमणको आशंकामा अस्पताल आएकी महिला स्वास्थ्यकर्मीसँग परामर्श लिँदै तस्बिर : एपी
बुधबार मात्रै ३८ जनाको मृत्यु भएको छ भने थप एक हजार ७ सय ३७ जनामा यसको संक्रमण फैलिएको छ। बिहीबार बिहानसम्म आएको तथ्याङ्कअनुसार ७ हजार ७ सय ७१ जनामा यसको संक्रमण देखिएको छ।
चीनको राष्ट्रिय स्वास्थ्य आयोगले मंगलबार बिहान कोरोना भाइरसको संक्रमण एकअर्कामा सर्ने बताएको छ। आयोगले हाछ्युँ गर्दा वा खोक्दा निस्कने थुक र र्यालको छिटाबाट कोरोना भाइरसको संक्रमण एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्न सक्ने जानकारी दिएको हो।
कोरोना भाइरस मानिसमा प्रवेश गरेको १० दिनभित्र देखिन्छ लक्षण
चीनको हुबेई प्रान्तको वुहानबाट फैलिएको कोरोना भाइरसको संक्रमण अहिले चीनका सबै प्रान्तमा फैलिएको छ। बुधबार तिब्बतमा पनि कोराेना भाइरसकाे पहिलाे संक्रमणको पुष्टि भएको छ।
विश्वका विभिन्न देशमा पनि फैलिएको छ। चीन बाहेकका विभिन्न देशमा ९० भन्दा बढी व्यक्तिमा यसको संक्रमण देखिएको छ। चीनबाहिर भने अहिलेसम्म कोरोनाभाइरसको संक्रमणबाट कसैको मृत्यु भएको छैन। कान्तिपुरबाट
के हो कोरोना भाइरस हेर्नुहोस