बिहिबार, बैशाख ४ २०८२

बिहिबार, बैशाख ४ २०८२

काँग्रेस केन्द्रीय समितिको बैठक जारी

काँग्रेस केन्द्रीय समितिको बैठक जारी

काठमाडौं । नेपाली काँग्रेस केन्द्रीय समितिको बैठक जारी छ ।

काँग्रेसको पार्टी केन्द्रीय कार्यालय सानेपामा बैठक दिउँसो १ बजेदेखि शुरु भएको हो । बैठकमा अहिले पार्टीका उपसभापति, महामन्त्रीहरुले पार्टीका समसामयिक विषय, राजनीतिक, आर्थिक, सामाजिक, परराष्ट्र र सुशासनसँग सम्बन्धित विषयहरुमा छलफल भइरहेको छ ।

राष्ट्रवादी अभियानको खाका प्रश्तुत, अनुशासन समितिको प्रतिवेदन पेश गर्ने एजेण्डा पनि रहेको छ ।

अरु एजेण्डाहरुमा पार्टीले प्रतिनिधि सभामा खेलेको भुमिकाको सन्दर्भमा संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले बैठकमा जानकारी गराउने र उपसभापति तथा उपप्रधानमन्त्री पूर्णबहादुर खड्काले सरकारको गतिविधिहरुको सम्बन्धमा बैठकलाई जानकारी गराउने रहेका छन् ।

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend