सोमबार, बैशाख २ २०८२

सोमबार, बैशाख २ २०८२

कांग्रेसले ७ लाख नयाँ सदस्य थप्ने लक्ष्यकासाथ एक बर्षे अभियान सञ्चालन गर्ने

कांग्रेसले ७ लाख नयाँ सदस्य थप्ने लक्ष्यकासाथ एक बर्षे अभियान सञ्चालन गर्ने

काठमाडौं । नेपाली कांग्रेसले ५ देखि ७ लाख नयाँ सदस्य थप गर्ने योजनाका साथ ‘घरघर जाउँ, पार्टी सदस्य बनाउँ’ अभियान सञ्चालन गर्ने भएको छ ।

पार्टी कार्यालय, सानेपामा मंगलबार सुरु भएको केन्द्रीय कार्यसमितिको बैठकमा महामन्त्री गगनकुमार थापाले २० साउन २०८० देखि ३१ असार २०८१ सम्म अभियान चलाउने प्रस्ताव गरेका हुन् ।

‘कम्तीमा ५ लाखदेखि ७ लाख नयाँ सदस्य बनाउने उद्देश्यले यो अभियान प्रारम्भ गरिनेछ ।’ उनले भने ।

मंसिर–पुस २०७८ मा सम्पन्न भएको १४ औं महाधिवेशनको समयमा कांग्रेसमा ८ लाख ६६ हजार क्रियाशील सदस्य रहेका थिए ।

महामन्त्री थापाका अनुसार उनीहरुको सदस्यता साउनभित्र उपलब्ध गराइने छ भने भदौ, असोज र कात्तिकमा जिल्ला कमिटीहरुले पनि नवीकरण गर्नेछन् । कांग्रेसले अनलाइनबाटै नयाँ सदस्यता लिने प्रणाली सुरु गरेको छ । यसलाई अझ प्रभावकारी बनाउने महामन्त्री थापाको भनाई छ ।

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend