
काठमाडौं । कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले सदनमा प्रतिपक्षी दलहरु आक्रामक, अधैर्य र अपरिपक्व भएको बताएका छन् ।
सदनकै ठूलो दल भएकोले सत्ता गठबन्धनमात्रै नभई संसदमा समेत नेतृत्वदायी भूमिका खेल्ने जिम्मेवारी कांग्रेसको काँधमा आइलागेको बताए ।
आज(बिहीबार) सुरु केन्द्रीय कार्यसमिति बैठकमा लेखकले भने, ‘एमाले परिपक्व त छ, तर उसमा धैर्यको कमी देखिन्छ । बीचैमा सत्ता गुमाउनुपर्दा उसमा आक्रामकता छ । अरु प्रतिपक्षीहरु आक्रामक छन्, अधैर्य छन् र अपरिपक्व पनि छन् ।’
रास्वपा, नागरिक उन्मुक्ति, जनमत पार्टीहरुलाई इंकित गर्दैलेखकले उनीहरुले संसदीय प्रक्रिया बुझ्न अझै केही समय लाग्ने बताए ।
लेखकले पोहोर मंसिरको चुनावमा कांग्रेसलाई पहिलो पार्टी बनेको बताउँदै सभापति शेरबहादुर देउवालाई धन्यवाद दिए । नेतृत्वले कुशलतापूर्वक एमाले–माओवादी गठबन्धनलाई विस्थापित गरेको उल्लेख गर्दै लेखकले पहिलो दल भएकोले सत्ता गठबन्धनमा हुनु स्वभाविक भएको दाबी गरे ।
उनले सत्ता गठबन्धनभित्र विश्वासको वातावरण बनाएर यसलाई निरन्तरता दिने जिम्मेवारी पनि कांग्रेसकै भएको उनले बताए ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend