काठमाडौं । काठमाडौंको सिनामंगलमा भेटिएको शंकास्पद बस्तु निष्क्रिय पार्न नेपाली सेनाको ‘बम डिस्पोजल’ टोली त्यहाँ पुगेको छ ।
काठमाडौं मेडिकल कजेल अगाडि सडकपेटीमा बुधबार बिहान शंकास्पकद बस्तु फेला परेको थियो । त्यसलाई निष्क्रिय पार्न सैनिक टोली सिंनामंगल पुगेको हो ।
शंकास्पद बस्तु राखिएको क्षेत्रमा नेपाल उत्थान क्रान्तिकारी पार्टी लेखिएको पर्चा समेत फेला परेको छ । शंकास्पद बस्तु के हो भन्ने अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।