logo

२०८१ मंसिर ११ मंगलबार

logo
  • मंगलबार, ११ मंसिर २०८१
  • गाँँजा के हो मलाई थाहा छैन: मन्त्री बास्कोटा

    गाँँजा के हो मलाई थाहा छैन: मन्त्री बास्कोटा

    1.5K
    Shares

    माघ १६ काठमाडौं- सरकारका प्रवक्ता एवं सुचना तथा सञ्चारमन्त्री गोकुल बास्कोटाले गाँजा प्रयोगबारे आफुलाई जानकारी नभएको बताएका छन्। सिंहदरवारमा आयोजित पत्रकार सम्मेलनमा मन्त्रिपरिषदका निर्णयहरु सार्वजनिक गर्ने क्रममा उनले यस्तो बताएका हुन्।

    उनले आफूलाई खाली गाँजा फाँडेको समाचार मात्रै थाहा भएको बताए। ‘मलाइ जानकारी छैन। गाँजा प्रयोगको व्यबस्था के छ?,’ उनले प्रश्न गर्दै अगाडि भने, ‘मलाई खाली पत्रकारले लेख्छन् नि पुलिसले यतिउति गाँजा फाँडे भन्ने लेख्छन् नि त्यही हो। शिवरात्रीमा खाने के हो अरु सँधै खाने गाँँजा के हो? थाहा भएन।’

    नेपालमा गाँजाको बैज्ञानिक रुपले उत्पादन र अन्य मुलुकहरुमा यसको निर्यात गर्नुपर्ने भन्दै कुरा उठ्न थालेपछि यो बिषयले पनि चर्चा पाएको छ। प्रतिनिधिसभाको बैठकमा नेकपा सांसद विरोध खतिवडाले विदेशमा धमाधम गाँजा खुला भइरहेका बेला नेपालले समयमै यसबारे पहल गर्नुपर्ने बताएका थिए।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend