काठमाडौँ । अवैध सुन तस्करी प्रकरणमा आफ्नो नाम जोडिएपछि दीपक मल्होत्राले पत्रकार सम्मेलन गर्ने भएका छन् । आज दिउँसो १ बजे मल्होत्राले पत्रकार सम्मेलन गर्न लागेको जानकारी दिएका छन् ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हङकङबाट ल्याइएको अवैध आयात प्रकरणमा केही सञ्चार माध्यममा मल्होत्राको संलग्नता देखिएको भन्दै समाचार सम्प्रेषण गरेका छन् । एयरपोर्टबाट अहिलेसम्मकै ठूलो परिणाममा सुन बरामद गरिएको छ ।
यसअघि, ठमेलबाट ८८ किलो सुन बरामद गरिएको थियो ।