logo

२०८१ मंसिर ७ शुक्रबार

logo
  • शुक्रबार, ७ मंसिर २०८१
  • नेपाली सेनालाई कमजोर आँकलन गरिनुहुन्नः वामदेव गौतम

    नेपाली सेनालाई कमजोर आँकलन गरिनुहुन्नः वामदेव गौतम

    882
    Shares
    नेपाली सेनालाई कमजोर आँकलन गरिनुहुन्नः वामदेव गौतम

    काठमाडौं । सांसद वामदेव गौतमले नेपाली सेनालाई कमजोर आँकलन गर्न नहुने बताएका छन् । राष्ट्रियसभाको आजको बैठकको विशेष समयमा सांसद गौतमले नेपाली सेनाले अप्ठ्यारो परेका बेला देश र जनतालाई सधैँ सहयोग र योगदान गर्दै आएको स्मरण गर्दै नेपाली सेनाबारे जथाभावी अभिव्यक्ति दिन नहुने धारणा राखे ।

    ‘नेपाली सेना राज्यशक्तिको नाम हो । सार्वभौमसत्ता, सीमाको रक्षा र राष्ट्रमा आइपर्ने जुनसुकै विपद्मा ज्यानको बाजी राखेर परिआएको खण्डमा बलिदान दिनेगरी सेवारत नेपाली सेनालाई यसरी अपमान गर्न हुँदैन’, उनले भने ।

    सांसद गौतमले नेपाली सेनाको इतिहासको स्मरण गराउँदै सेनाले विभिन्न क्षेत्रमा आफूलाई अब्बल बनाउँदै आएको उल्लेख गरे । ‘देशलाई बलिदानी दिन तयार रहेर सेवारत सेनालाई कमजोर बनाइनुहुन्न । राज्यका चार वटा अङ्गमध्ये एउटा मात्रै अङ्ग कमजोर भए हामीले दुर्घटना बेहोर्नुपर्छ । त्यसैले नेपाली सेनालाई अपमान गर्न हुँदैन्’ उनले भने ।

    ‘सेनाको सङ्ख्या घटाएर त्यसबाट बचेको रकमबाट देश विकास गर्नुपर्छ’ भन्ने दिएको अभिव्यक्तिको कटाक्ष गर्दै सांसद गौतमले सेनालाई कमजोर तुल्याउने गरी कुनै पनि काम गर्न नहुनेमा जोड दिए ।

    सांसद गौतमले नेपाली कांग्रेसले केन्द्रीय समितिको बैठक प्रत्यक्ष प्रसारण गरेकामा धन्यवाद दिँदै यसलाई कम्युनिष्ट पार्टीहरुले पनि अनुसरण गर्नुपर्ने बताए । उनले भने, ‘कांग्रेसले केन्द्रीय समितिको बैठक खुला गरेर धेरै राम्रो काम गरेको छ, कांग्रेसलाई बधाई दिन चाहन्छु, त्यही बाटोमा कम्युनिष्ट हिँड्नुपर्छ ।’

    सांसद गङ्गाकुमारी बेल्बासेले करिब एक सय केजी सुन तस्करबाट बरामद गरेको भन्दै सरकारलाई धन्यवाद ज्ञापन गरिन्। लामो समयदेखि समस्या बनिरहेको मिटरब्याज पीडितको समस्या समाधानको दिशातर्फ काम अघि बढेको भन्दै उनले यसलाई टुङ्गोमा पु¥याउन माग समेत गरिन् ।

    म्यानमारमा नेपाली कामदारलाई थुनिएको विषय, कम्बोडिया, लाओसलगायत मुलुकमा कामदारलाई दिइरहेको यातना र ठगीबारे सम्बन्धित मुलुकमा कूटनीतिक पहलमार्फत समाधान खोज्न पनि उनले सरकारको ध्यानाकर्षण गराइन् ।

    सांसद दिलकुमारी रावल थापा (पार्वती) ले चितवनका केरा उत्पादक किसान बजार नपाएर चिन्तित रहेको, केराखेतीमा लागू भएको बीमा कार्यक्रम रोकिएको भन्दै किसानका समस्या समाधानमा पहल गरिदिन सम्बन्धित मन्त्रालयको ध्यानाकर्षण गराइन् ।

    उनले किसानलाई समयमै मलको व्यवस्था गर्ने विषयमा सरकारको ध्यानाकर्षण गराइन् । सहकारीको व्यवस्थापन, सुन तस्करीको दोषीलाई कानुनी दायरामा ल्याउने विषयमा पनि उनले पसरकारको ध्यानाकर्षण गराइन् ।
    –रासस


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend