
माघ १७ काठमाडौं सांसद गजेन्द्र नारायण महतले छाउगोठ भत्काईएकोमा गम्भीर आपत्ती जनाएका छन्। प्रतिनिधिसभाको शुक्रबारको बैठकको शून्य समयमा बोल्दै उनले गृहमन्त्रालयले काम नपाएर छाउगोठ भत्काउँदै हिडेको आरोप पनि लगाए।
महतले भने, “छाउगोठका नाममा ‘हाम्रा घर भत्काउने ? यो के हेरेर बसेको छ गृहमन्त्रालय, यसले काम पाएको छैन?”
हिजो गोरखाली सेनाको नाममा हाम्रा घर भत्काइयो, अहिले छाउगोठका नाममा हाम्रा घर भत्काउन थालियो।हाम्रो छाउगोठको नाममा हाम्रा घर भत्काइएका छन्। उनले भने एउटा व्यक्ति मृत्यु भयो भन्दैमा घर भत्काउन पाइन्छ?
सांसद महतले जिल्लामा जाने नुन र चामलमा हुने भ्रष्टचारमा गृहमन्त्रालयको ध्यान नगएको भन्दै ध्यानाकर्षण गराए।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend