logo

२०८१ असोज १२ शनिबार

logo
  • शनिबार, १२ असोज २०८१
  • एसिया कप खेल्नु पूर्व नेपाली क्रिकेट टोलीले श्रीलंकामा विशेष तयारी गर्ने

    एसिया कप खेल्नु पूर्व नेपाली क्रिकेट टोलीले श्रीलंकामा विशेष तयारी गर्ने

    2.3K
    Shares
    एसिया कप खेल्नु पूर्व नेपाली क्रिकेट टोलीले श्रीलंकामा विशेष तयारी गर्ने

    काठमाडौं । एसिया कप क्रिकेट पहिलो पटक प्रतिस्पर्धामा उत्रिन लागेको नेपाली राष्ट्रिय क्रिकेट टिमले श्रीलंकामा विशेष तयारी अभ्यास गर्ने भएको छ ।

    नेपाल क्रिकेट संघ (क्यान) ले शुक्रबार विज्ञप्तीमार्फत एसिया कपका लागि श्रीलंकामा १५ दिनको स्पेशल हाई परफरमेन्स क्याम्प गर्ने बताएको छ ।

    ‘नेपाली राष्ट्रिय क्रिकेट टोली एसिया कपका लागि तयार छ, र उनीहरू उत्कृष्ट फर्ममा छन् भनी सुनिश्चित गर्न हामीले श्रीलंकामा १५ दिने विशेष उच्च प्रदर्शन शिविर आयोजना गर्दैछौं’, क्यानले विज्ञप्तीमा भनेको छ ।

    क्यानका अनुसार सो समयमा नेपाली खेलाडीले कडा प्रशिक्षण लिने र अनुभवी प्रशिक्षक र सहयोगी स्टाफको मार्गदर्शनमा श्रीलंकनडेभलपमेन्ट टिमसँग चार अभ्यास खेल समेत खेल्नेछ ।

    एसिया कप क्रिकेट आगामी अगष्ट ३० देखि सेप्टेम्बर १७ सम्म पाकिस्तान र श्रीलंकामा हुनेछ ।

    नेपालले पाकिस्तानसँग पाकिस्तानको मुल्तानमा अगष्ट ३० मा खेल्नेछ भने भारतसँग श्रीलंकाको क्यान्डीमा सेप्टेम्बर ४ मा प्रतिस्पर्धा गर्नेछ ।

    विश्व क्रिकेटकै दुई बलिया राष्ट्र भारत र पाकिस्तानसँगै नेपाल समूह ए मा छ । बैशाखमा काठमाडौंमा भएको एसीसी प्रिमियर कपको उपाधि जित्दै नेपाल एसिया कपमा छनोट भएको हो ।

    श्रीलंका, बंगलादेश र अफगानिस्तान समूह बी मा छन् । दुवै समूह शीर्ष दुई टोली सुपर फोरमा प्रवेश गर्नेछन् । जहाँ हरेक टिमले अर्को टिमसँग खेल्नेछ र श्रीर्ष दुई टिमले फाइनल खेल्नेछन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend