बिहिबार, चैत्र २८ २०८१

बिहिबार, चैत्र २८ २०८१

तोलामा ८ सय रुपैयाँले घट्यो सुनको मूल्य

तोलामा ८ सय रुपैयाँले घट्यो सुनको मूल्य

काठमाडौं । आज शुक्रबार सुनको मूल्य तोलामा ८ सय रुपैयाँले गिरावट आएको छ ।

अघिल्लो दिन हालसम्मको उच्च विन्दु प्रतितोला १ लाख १३ हजार ६ सय रुपैयाँमा छापावाला सुन कारोबार भएको थियो । तर, आज तोलामा ८ सय रुपैयाँले घट्दै १ लाख १२ हजार ८ सय रुपैयाँमा झरेको हो ।

यस्तै, तेजाबी सुनको मूल्य पनि आज तोलामा ८ सय रुपैयाँले घट्दै १ लाख १२ हजार २५० रुपैयाँमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यता चाँदीको मूल्य भने अघिल्लो दिन मूल्यमा १५ रुपैयाँले घट्दै १ हजार ४८० रुपैयाँमा कारोबार भइरहेको महासंघले बताएको छ ।

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend