काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट झण्डै एक क्विन्टल अवैध सुन आयात भएको घटनाबारे जानकारी लिन उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठ विमानस्थलस्थित भन्सार कार्यालय पुगेका छन् ।
श्रेष्ठसँगै नेपाल प्रहरी प्रमुख, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख, राजश्व अनुसन्धान विभागका प्रमुख र अध्यागमन कार्यालय प्रमुख पनि भन्सार कार्यालय गएका हुन् ।
राजश्व अनुसन्धान विभागले गत बुधबार अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयबाट जाँचपास भएको करिब एक क्विन्टल सुन बरामद गरेको थियो । यस प्रकरणमा सुन बोकेको ट्याक्सी चालकसहित १० जनालाई लिएर हिरासतमा लिएर अनुसन्धान पक्रियालाई अघि बढाइएको छ ।