
काठमाडौं । नेपाली कांग्रेस सदस्य डा.आरजु राणा देउवाले केन्द्री कार्यसमिति बैठकमा महामन्त्रीहरूले पेश गरेको प्रतिवेदन एनजीओको ‘विस लिस्ट’जस्तो आएको टिप्पणी गरेकी छिन् ।
जारी केन्द्रीय समिति बैठकमा राणाले महामन्त्रीहरूले पेश गरेको प्रतिवेदन दूरगामी असर पर्ने खालको नभएको जिकिर गरेकी हुन् ।
‘महान्त्रीको प्रतिवेदनमा दूरगामी असर पर्ने या हाम्रो देशलाई हाँक्ने कुरा देखिनँ। म अलिकति अचम्मित पनि भएँ। किन भने महामन्त्रीको प्रतिवेदनमा एउटा राजनीतिक दस्तावेज हुन्छ होला सोचेकी थिएँ, तर उहाँहरूले ल्याउनु भएको प्रस्ताव राजनीतिक दस्तावेज भन्दा पनि एनजीओको ‘विस लिस्ट’ जस्तो लाग्यो। धेरै कार्यक्रम गर्ने, उपलब्धि के हो त ? त्यो कुरा क्लियर भएन।’ उनले भनिन् ।
उनले थोरै कार्यक्रम गरेर धेरै उपलब्धि लिने उद्देश्य लिनुपर्नेमा उनले जोड दिइन् । राणाले पार्टीले क्रियाशील सदस्य हुनुभन्दा अगावै पार्टीको विचार नीति र सिद्धान्तका विषयमा सदस्यहरूलाई प्रशिक्षित गर्नुपर्ने धारणा राखिन् ।
पार्टीको सदस्यता वितरण लथालिंग भएको भन्दै त्यसलाई व्यवस्थित गर्नुपर्ने उनले सुझाव दिइन् ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend