logo

२०८१ मंसिर ७ शुक्रबार

logo
  • शुक्रबार, ७ मंसिर २०८१
  • प्रतिनिधि सभा २०१ र राष्ट्रिय सभा ३५ सदस्यीय बनाउन कांग्रेस नेता प्रदीप पौडेलको प्रस्ताव

    प्रतिनिधि सभा २०१ र राष्ट्रिय सभा ३५ सदस्यीय बनाउन कांग्रेस नेता प्रदीप पौडेलको प्रस्ताव

    973
    Shares
    प्रतिनिधि सभा २०१ र राष्ट्रिय सभा ३५ सदस्यीय बनाउन कांग्रेस नेता प्रदीप पौडेलको प्रस्ताव

    काठमाडौं । जारी केन्द्रीय समितिको बैठकमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले प्रतिनिधि सभा २०१ र राष्ट्रिय सभा ३५ सदस्यीय हुनुपर्ने विचार व्यक्त गरेका छन् ।

    केही संवैधानिक व्यवस्था संशोधनका लागि कांग्रेसले नेतृत्व लिनुपर्ने उनले बताएका छन् । समावेशीताका आधारमा प्रतिनिधि सभा २०१ जना प्रत्यक्ष निर्वाचित हुने व्यवस्था गर्न कांग्रेसले अगुवाई गर्नुपर्ने बताए । राष्ट्रिय सभाका सदस्यको संख्या ३५ जनाको बनाउनुपर्ने प्रस्ताव पौडेलले गरे ।

    पार्टीबाट प्रधानमन्त्री र मुख्यमन्त्री दुई पटक भन्दा बढी हुन नपाउने व्यवस्था राख्नुपर्ने उनको भनाई छ । एउटै व्यक्तिले चार पटक भन्दा बढी टिकट नपाउने प्रावधान पार्टीमा राख्नुपर्ने उनको मत रहेको थियो ।

    पार्टीभित्रको समस्या उजागर गर्दै नेता पौडेलले भने ‘पार्टीको स्वास्थ्य समस्या सिटामोलले हल हुने जस्तो देखिन्न् । कतिपय अवस्थामा यसको सर्जरीकै आवश्यकता छ ।’

    ११ महिनामा बैठक बसेकाले खुसी व्यक्त गर्न नसक्ने बताउँदै उनले आगामी दिनमा यस्तो नहोस् भनि अनुरोध गरे ।

    मास बेस्ड पार्टी कांग्रेस भएकाले सदस्यता खोज्नेले पाउनुपर्ने बताए । महामन्त्रीले खुला गरेको सदस्यता क्रियाशील नभएर साधारण सदस्यता रहेको बताउँदै उनले दुई प्रकारका सदस्यता हटाउनु पर्ने बताए । ‘सदस्यता जसले खोजेको हुन्छ, त्यसले पाउनुपर्ने मास बेस्ड पार्टीमा हुनुपर्दछ,’ उनले भने ।

    टिकट वितरणको व्यवस्था प्राइमरी निर्वाचन मार्फत मातहतका संरचनाले आफैं छान्न पाउनुपर्ने व्यवस्था गर्नुपर्ने उनको भनाई थियो ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend