
माघ १७ काठमाडौं प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सौरभ राणा निलम्बनमा परेका छन्। एक महिलामाथि यौन शोषण गरेको र पदीय आचारणविरुद्ध काम गरेको आरोप लागेका उनलाई गृहमन्त्रालयले निलम्बित गरेको हो।
संघीय प्रहरी इकाइ सुनसरीमा कार्यरत राणाले स्थानीय एक महिलामाथि यौन शोषण गरेको उजुरी प्रहरी मुख्यालयको उजुरी छानविन शाखामा परेपछि उनी अनुसन्धानको दायरमा तानिएका हुन्।
राणमाथि लागेको आरोप थप छानविन गर्नुपर्ने भएकाले उनलाई निलम्बन गरिएको बताइएको छ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend