सोमबार, बैशाख २ २०८२

सोमबार, बैशाख २ २०८२

नेपालमा संसदीय अध्ययन अनुसन्धानकाे अभ्यास पर्याप्त हुन सकेन: सभामुख घिमिरे

नेपालमा संसदीय अध्ययन अनुसन्धानकाे अभ्यास पर्याप्त हुन सकेन: सभामुख घिमिरे

काठमाडौं । संघीय संसदअन्तर्गत प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले संघ र प्रदेश सभाबीच भएको अनुभव आदान प्रदान कार्यक्रमले सभा सञ्चालनका लागि सहयोगी बन्ने विश्वास व्यक्त गरेका छन् ।

चन्द्रागिरिमा जारी संघीय संसद र प्रदेश सभाको अनुभव आदान प्रदान एवम् अन्तर्क्रिया कार्यक्रममा शनिबार उनले नेपालमा संसदीय अध्ययन अनुसन्धानको अभ्यास हुन नसकेको बताएका हुन् ।

सभामुख घिमिरेले भने,‘आशा छ संसदलाई जिवन्त र प्रभावकारी बनाउन कार्यक्रमले सहयोग गर्नेछ।’ आगामी दिनमा सुधार गर्दै लैजानुपर्ने उल्लेख गर्दै सभामुख घिमिरेले कानूनको अडिट गर्ने फोरमको आवश्यकता रहेकोमा जोड दिए ।

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend