मंगलबार, बैशाख ९ २०८२

मंगलबार, बैशाख ९ २०८२

बामदेव गौतम भन्छन्– सुन तस्करीमा राजनीतिज्ञको संलग्नता हुन्छ भन्ने आरोपमा सत्यता छैन

बामदेव गौतम भन्छन्– सुन तस्करीमा राजनीतिज्ञको संलग्नता हुन्छ भन्ने आरोपमा सत्यता छैन

काठमाडौं । राष्ट्रिय सभा सदस्य एवं नेकपा राष्ट्रिय अभियानका संयोजक वामदेव गौतमले सुन तस्करीमा राजनीतिज्ञको संलग्नता हुने भन्ने आरोपमा कुनै सत्यता नरहेको बताएका छन् ।

शनिबार काठमाडौंमा आयोजित एक अन्तरक्रिया कार्यक्रममा गौतमले सुन तस्करीमा सिधै राजनीतिक संलग्नता जोडिने भन्दा पनि भन्सारमा खटिने कर्मचारी नै मुख्य रूपमा दोषी हुने समेत टिप्पणी गरेका हुन् ।

आफू गृहमन्त्री हुँदाका बखत सुन काण्ड नभएको दाबी गर्दै नेता गौतमले सो समयमा आफूलाई सरकारबाट कसरी हटाउने भन्ने बारे आवाज उठाइएको जिकिर गरे।

गौतमले आफू गृहमन्त्री भएका बेला शान्ति सुरक्षा थप बलियो भएको र आफूले गरेका कामलाई सबैले प्रशंसा गरेको उनले दाबी गरे । सुन तस्करीको विषयमा अहिले यो सुन कुन देशबाट आयो भन्ने पनि महत्वपूर्ण सवाल भएको र तस्करहरूले कस्तो जालो फैलाएका रहेछन् भन्ने स्पष्ट भएको उनको भनाई छ । फरक प्रसंगमा उनले समाजवादी मोर्चाको औचित्य पुष्टि हुन नसकेको टिप्पणी थियो ।

उनले आफूलाई मोर्चामा सहभागी गराएको भए संविधानमा उल्लेख समाजवादलाई औचित्य पुष्टि गर्ने भए पनि आफूलाई नबोलाएको उनले धारणा राखे ।

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend