logo

२०८१ जेष्ठ ७ सोमबार

logo
  • सोमबार, ७ जेष्ठ २०८१
  • नाम कपुरधारा, खै खानेपानीको धारा ?

    नाम कपुरधारा, खै खानेपानीको धारा ?

    4K
    Shares

    माघ १७ काठमाडौं खानेपानी तथा ढल निकास विभागको नजिकै खानेपानीको धारा छैन भन्दा सुन्नेलाई अनौठो लाग्न सक्छ तर काठमाडौँ महानगरपालिका–२६ कपुरधाराको अवस्था भने यस्तै छ ।

    खानेपानीको धारा नभए पनि पहिले जमीनमुनिबाट पानी निकालिन्थ्यो । पहिले ६० फिटमै पानी आउने भए पनि हाल १२० फिट तल जाँदा पनि पानी नआउने गरेको स्थानीय लक्ष्मण शाहीले गुनासो गर्नुभयो । खानेपानीको धारा जडान नभएको र जमीनमुनिको पानी समेत आउन मुस्किल हुने गरेकाले परिवेश मिनरल वाटर कम्पनीबाट लिन बाध्य हुनुपरेको स्थानीयवासीको दुःखेसो छ ।

    स्थानीयवासी मासिक रु एक हजार तिरेर कम्पनीबाट पानी लिन बाध्य छन् । खानेपानी समस्या समाधानका लागि पूर्व वडाध्यक्ष वर्षाराम भण्डारीका पालादेखि नै अनुरोध गर्दै आए पनि समाधान हुन नसकेको शाहीले बताउनुभयो ।

    विभाग रहेको पानीपोखरीबाट नजिकै रहे पनि यहाँको १६० घरमा खानेपानीको धारा नभएको वडाध्यक्ष ख्यामराज तिवारीले स्वीकार्नुभयो । समस्या समाधानका लागि काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) ले सबै घरमा धारा जडान गर्ने गरी बोलपत्र आह्वान गरेकाले केही समयमै समस्या समाधान हुने उहाँले बताउनुभयो ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend