logo

२०८१ असोज ७ सोमबार

logo
  • सोमबार, ७ असोज २०८१
  • धरानमा भएको घटनामा युवकको हत्या गरेर मोबाइल र सिक्री लुटपाट

    धरानमा भएको घटनामा युवकको हत्या गरेर मोबाइल र सिक्री लुटपाट

    1.5K
    Shares
    धरानमा भएको घटनामा युवकको हत्या गरेर मोबाइल र सिक्री लुटपाट

    काठमाडौँ । साउन ५ मा धरान–इटहरी सडक खण्ड स्थित सेउती पुल नजिक रोहित चौधरीमाथि गोली प्रहार भयो । विराटनगर महानगरपालिका–५ का २८ वर्षीय रोहित चौधरीको उपचारको क्रममा बिपी प्रतिष्ठान धरानमा मृत्यु भएको थियो ।

    लुटपाट गर्ने उद्देश्यले चौधरीको हत्या भएको प्रहरीको प्रारम्भिक अनुसन्धान निष्कर्ष छ । गोली प्रहारपछि रोहितले लगाएको सुनको सिक्री र मोबाइल लुटपाट भएको जिल्ला प्रहरी कार्यालय सुनसरीका डिएसपी राजकुमार राईले जानकारी दिए । लुटपाट गर्ने उद्देश्यले रोहितको हत्या भएको प्रहरीको प्रारम्भिक अनुसन्धान निष्कर्ष छ ।

    हत्यामा संलग्न आरोपीलाई प्रहरीले पक्राउ गर्न सकेको छैन । केही शङ्कास्पदलाई नियन्त्रणमा राखेर प्रहरीले सोधपुछ गरिरहेको छ । तमोर–धरान हुँदै इटहरी तर्फ झर्दै गरेका रोहितलाई सुटरले सेउती पुल नजिकै गोली हानेर लुटेका थिए । घटनाको अनुसन्धान गर्न सुनसरीबाट डिएसपी राजकुमार राई नेतृत्वको टिमलाई धरान पठाइएको छ ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend