सोमबार, बैशाख २ २०८२

सोमबार, बैशाख २ २०८२

पहिरोले घर पुरिँदा बैतडीमा आमाछोराको मृत्यु

पहिरोले घर पुरिँदा बैतडीमा आमाछोराको मृत्यु

बैतडी । बैतडीमा पहिरोले घर पुरिँदा आमाछोराको ज्यान गएको छ । पुर्चौडी नगरपालिका– २ को भैरु टोलमा पहिरोमा घर पुरिँदा आमाछोराको ज्यान गएको हो ।

गए राति घरमाथिबाट खसेको पहिरोले घर पुरिँदा अन्दाजी २५ वर्षीया अञ्जु जागरी र उनका छोरा पाँच वर्षीय रिजन जागरीको निधन भएको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय पाटनका प्रमुख, प्रहरी निरीक्षक कमलप्रशाद चौधरीले मृतक अञ्जुका श्रीमान् गोब्बर जागरी घाइते भएको जानकारी दिए ।

स्थानीय र प्रहरीको सहयोगमा घाइते गोब्बरलाई उद्धार गरी उपचार भइरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend