बिहिबार, असार २६ २०८२

बिहिबार, असार २६ २०८२

नेकपा केन्द्रीय कमिटी बैठकमा भीम रावलले उठाए वाईडबढी छानबिन देखी यी गम्भीर बिषय

नेकपा केन्द्रीय कमिटी बैठकमा भीम रावलले उठाए वाईडबढी छानबिन देखी यी गम्भीर बिषय

माघ १८ काठमाडौं सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाका केन्द्रिय सदस्य भीम रावलले राष्ट्रिय सभागृहमा जारी नेकपा केन्द्रिय समिति बैठकमा भारतसंगको सिमा विवाद, एमसीसी, वाइडबडी लगाएतका विषयमा आफ्ना कुरा राखेका छन्। रावलले बैठकमा लिखित रुपमा १० बुँदे फरक मत राक्दै नेपाल भारतको सीमा विवाद समाधान, एमसीसीका कतिपय बुँदा परिमार्जन, वाइडबडी भ्रष्टाचारको छानबिन गर्नुपर्ने माग राखेका हुन्।

सन् १९५० को नेपाल–भारत शान्ति तथा मैत्री सन्धीका असान्दर्भिक र असमान प्रावधानहरु हटाउनको लागि निकै अघि कूटनीतिक रुपमा आरम्भ भएको प्रयासलाई अगाडि बढाइयोस्, उनले भनेका छन्। गोर्खा भर्ती सन्धीको पुनरावलोकन गरी विगतका निरंकुश शासकहरुले नेपालको स्वाभिमानमा पु¥याएको चोट र क्षतिबाट देशलाई मुक्त गर्न आवश्यक पहल गर्दै बेलायती सेनामा महिला भर्तिको स्वीकृति दिनुपर्ने उनको माग छ।

एमसीसीबारे नेपाल सरकार, परराष्ट्र मन्त्रालयले अमेरिकी सरकारलाई औपचारिक रुपमा स्पष्ट पार्न भन्नु पर्ने र अमेरिकी सरकारले एम्सीसी हिन्द–प्रशान्त रणनीति को अंग नभएको औपचारिक रुपमा जानकारी दिनुपर्ने माग गरेका छन्।

सरकार बनिसकेपछि पार्टीको जिम्मेवार तहमा छलफल गरी नेपालको संविधान, पार्टीको विधान तथा राजनीतिक प्रतिवेदनको मार्ग निर्देशन अनुरुप देश, जनता र पार्टीका लागि योगदान गर्ने पंक्तिबाट छानिएका व्यक्तिहरुलाई राज्यका विभिन्न तहमा उपलब्ध हुने सेवा, सुविधा र अवसर दिनुपर्नेमा त्यसो नगरी विशेषतः कुनै स्थान विशेष र घेरामा सीमित भएको देखिन्छ ।” उनले भनेका छन्, “सिंगो राष्ट्रलाई ध्यान दिइएको देखिन्न । यस्ता गलत कार्यहरु आगामी दिनहरुमा रोकियोस् । देशभित्रका अवसरहरु मात्र होइन अन्तरर्राष्ट्रिय सम्बन्ध र कूटनीतिक सम्बन्धका क्षेत्रमा समेत स्वार्थ, नातावाद, कृपावाद र गुटबन्दीले प्रश्रय पाउने कार्य तुरुन्त बन्द गरियोस्” ।

त्यस्तै वाइड बडि विमान खरीद प्रकरण, एनसेल कर प्रकरण, वालुवाटार सरकारी जग्गा प्रकरण तथा गोकर्ण रिसोर्ट समेतका नेपाल ट्रस्ट अन्तर्गतका सम्पत्तिको हिनामिनासम्बन्धी भ्रष्टाचारजन्य कार्यहरु लगायतको बारेमा यथार्थ छानबिन गरी दोषी उपर कानूनी कार्वाई हुनुपर्ने र देशमा सुशासन कायम गर्न उनले माग गरेका छन्।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend