मंगलबार, बैशाख ९ २०८२

मंगलबार, बैशाख ९ २०८२

आज पनि घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

आज पनि घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । सुनचाँदीको मूल्यमा आज पनि गिरावट आएको छ । गएको बिहीवार अहिलेसम्मकै उच्च प्रतितोलाको एक लाख १३ हजार ६ सय रुपैयाँ पुगेको सुनको मूल्य त्यसपछि लगातार ओरालो लागेको हो ।

आज तोलामा तीन सय रुपैयाँले घटेर एक लाख १२ हजार रुपैयाँमा किनबेच भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो पनि सुनको भाउ तोलामा पाँच सय रुपैयाँले घटेको थियो ।

हिजो तोलाको एक लाख १२ हजार ३ सय रुपैयाँ थियो । त्यस्तै, शुक्रवार तोलाको एक लाख १२ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदीको पनि मूल्य पनि तल झरेको छ । तोलामा ५ रुपैयाँले घटेर चाँदी आज एक हजार चार सय ६० रुपैयाँमा कारोबार भैरहेको छ । चाँदी हिजो तोलामा एक हजार चार सय ६५ रुपैयाँमा कारोबार भएको थियो ।

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend