माघ १८ काठमाडौं चलचित्र नाई नभन्नु ल ४ बाट आफ्नो अभिनय यात्राको आरम्भ गरेकी मोडल तथा अभिनेत्री आँचल शर्माले बिहे गर्ने भएकी छिन। आँचलले प्रेमी डा.उदीप श्रेष्ठसँग घरजम बसाउन लागेकी हुन् ।
उदिप र आँचल केही समय यतादेखि प्रेममा छन् । समय – समयमा उनीहरुले एक अर्काबीच भेटघाट गरेकाे तस्वीरहरु सामाजिक संजालमा पाेष्ट गर्दै आएका छन्। आँचल र उदिपको विवाह फागुनमा हुने भएकाे छ ।
प्रेमी उदीपसँगको सल्लाह र दुवैतर्फका परिवारको चाहना अनुसार आफुहरू वैवाहिक सम्बन्धमा बाँधिन आँचलले बताउदै आएकी छन् ।