logo

२०८१ मंसिर ७ शुक्रबार

logo
  • शुक्रबार, ७ मंसिर २०८१
  • नेपालीले कोरिया जाने अवसर गुमाउन सक्छन्ः दक्षिण कोरिया

    नेपालीले कोरिया जाने अवसर गुमाउन सक्छन्ः दक्षिण कोरिया

    2K
    Shares
    नेपालीले कोरिया जाने अवसर गुमाउन सक्छन्ः दक्षिण कोरिया

    काठमाडौँ । पछिल्लो समय बैदेशिक रोजगारीमा जाने नेपाली युवाहरुको उत्कृष्ट गन्तव्यका रुपमा रहेको दक्षिण कोरियाले ईपीएसको भाषा परीक्षा रोकिए नेपालीले कोरिया जान पाउने अवसर गुमाउने चेतावनी दिएको छ । कोरियाबाट फर्केर परीक्षामा उत्तीर्ण भएका ‘रिटर्नी’ हरूले आफूहरूलाई रोजगारीका लागि छनोट नगरे भाषा परीक्षा हुन नदिने धम्की दिएपछि कोरिया सरकारले यस्तो चेतावनी दिएको हो । यसले इपिएस भाषा तयारी गरिरहेकाहरुलाई चिन्तित बनाएको छ ।

    पछिल्लो समय कोरिया जाने नेपाली श्रमिकको संख्या ठूलो छ, कोरीयाले १६ ओटा मुलुकलाई रोजागारीका लागि अनुमति दिएकामा त्यी मध्ये नेपाल उत्कृष्ट उदाहरण बनेको छ । ईपीएस सेन्टर नेपालले आइतबार विज्ञप्ति जारी गर्दै रिटर्नीहरूको विरोधका कारण परीक्षा र कोरिया प्रवेशमा असर परे परीक्षा तयारी गर्दै गरेका धेरै युवाले अवसर गुमाउने बताएको छ ।

    पछिल्लो समयमा प्रवेश छिटो हुने र काममा इमानदार देखिएकाले कोरियाली रोजगारदाताको रोजाइमा नेपाली श्रमिक पर्दै आएका छन् । ईपीएस लागू भए यता सबैभन्दा बढी गत आर्थिक वर्षमा २१ हजार ८ सय ७० नेपाली कोरिया गएका छन्, जुन नेपालबाट वैदेशिक रोजगारीमा जानेको ४.४२ प्रतिशत हो ।

    सन् २०२२ का लागि उत्पादन क्षेत्र र कृषि तथा पशुपालन क्षेत्रमा ४४ हजार ८ सय ३३ जनाले परीक्षा दिएका थिए, जसमध्ये १८ हजार ८ सय ४४ जना उत्तीर्ण भएका थिए । उत्तीर्ण भएका मध्ये धेरै जनाको श्रम सम्झौता भइसकेको छ । उत्पादन क्षेत्रतर्फको रोस्टरमा अब ४६ सय जना जति मात्र बाँकी छन् । हाल रोस्टरमा बाँकी भएकाहरू प्रायः रिटर्नी र महिला छन् । कोरियाका रोजगारदाताले कम्तीमा १० वर्ष जति लगातार काम गर्न सक्ने श्रमिक लिन चाहन्छन । अर्थात् कोरियाबाट फर्केकाहरूभन्दा नयाँ श्रमिकलाई रुचाउँछन ।

    स्वदेश आएर कोरिया पुनः प्रवेश गर्न गाह्रो भएकाले नेपाली श्रमिकले प्रायः रोजगारस्थल परिवर्तन नगरी ४ वर्ष १० महिनासम्म लगातार काम गरेर आउँछन । त्यही कारण रोजगारदाताहरूले नेपालीलाई धेरै रुचाउने गरेको ईपीएस सेन्टर नेपालले जनाएको छ ।

    कोरियाली रोजगार तथा श्रम मन्त्रालयले कार्यस्थल परिवर्तन नगरेका श्रमिकलाई विभिन्न प्रकारको सुविधा दिँदै आएको छ । ४ वर्ष १० महिनाको अवधिमा कार्यस्थल परिवर्तन नगरेकाले परीक्षा नदिई पुनः कोरिया प्रवेश गर्न पाउँछन । कार्यस्थल फेरे पनि ३ वर्षको रोजगार अवधि सकेपछि फेरि श्रम सम्झौता गरे विशेष कोरियाली भाषा परीक्षामा सहभागी हुन पाउने अवसर दिइन्छ । यस परीक्षामा उत्तीर्ण भएका मध्ये अन्तिम कार्यस्थलमा १२ महिनाभन्दा धेरै काम गरेको भए र अन्तिम रोजगारदाताले चाहे पुनः सोही कम्पनीमा काम गर्न दिइन्छ ।

    सन् २०२२ मा रोजगार अनुमति प्रणाली लागू भएका १६ मुलुकमध्ये नेपालबाट सबैभन्दा धेरै श्रमिक कोरिया गएका थिए । सो संख्या १४ हजार ४ सय ९५ थियो । सन् २०२३ मा १६ वटै देशबाट १ लाख १० हजार विदेशी श्रमिक कोरिया भित्र्र्याउने योजना रहेका रोस्टरमा दुई गुणा बढीको अनुमान गरी धेरै उत्तीर्ण गराइएको थियो । २०२३ जुलाई १९ सम्म १४ हजार ३ सय ५९ जना नेपाली श्रमिक कोरिया प्रवेश गरिसकेका छन ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend