काठमाडौं । नेकपा एकीकृत समाजवादीको कार्यवाहक अध्यक्षको जिम्मेवारी उपाध्यक्ष राजेन्द्र पाण्डेलाई दिइएको छ । अध्यक्ष माधव नेपाल इन्डोनेसिया प्रस्थान गरेपछि कार्यवाहक अध्यक्षको जिम्मेवारी पाण्डेलाई दिएका हुन्।
अन्तर्राष्ट्रिय कम्युनिष्ट पार्टीको बैठकमा सहभागी हुन गए राति अध्यक्ष नेपाल इन्डोनेसिया प्रस्थान गरेका थिए ।
कम्युनिष्ट पार्टीहरूको बैठकमा सहभागी मुलुकका नेताले आ–आफ्नो मुलुकमा कम्युनिष्ट सिद्धान्तको अवस्था, देश विकासमा त्यसको प्रभाव र योगदानबारे छलफल गर्ने बताइएको छ ।
बैठकमा सहभागी भएर अध्यक्ष नेपाल सिङ्गापुर र मलेसिया पनि जानेछन् ।
पाँच दिने भ्रमण क्रममा उनले तीनवटै मुलुकका शीर्ष राजनीति नेतृत्वसँग शिष्टाचार भेट तथा दुई देशीय हितका बारेमा छलफल गर्ने अध्यक्ष नेपालका स्वकीय सचिव मोहन गौतमले जानकारी दिए ।