मंगलबार, चैत्र १९ २०८१

मंगलबार, चैत्र १९ २०८१

इन्डोनेसियामा डुङ्गा डुब्दा १५ जनाको मृत्यु, वेपत्ता भनिएका अन्य सबै यात्रुको सकुशल उद्धार

इन्डोनेसियामा डुङ्गा डुब्दा १५ जनाको मृत्यु, वेपत्ता भनिएका अन्य सबै यात्रुको सकुशल उद्धार

एजेन्सी । इन्डोनेसियाको सुलावेसी टापुको तटीय क्षेत्रमा सोमबार एउटा काठको डुङ्गा डुब्दा कम्तीमा १५ जनाको मृत्यु भएको खोजी तथा उद्धार अधिकारीहरूले बताएका छन् ।

इन्डोनेसियाको खोज तथा उद्धार एजेन्सीको स्थानीय कार्यालयले एक विज्ञप्ति जारी गर्दै मध्यरात स्थानीय समयानुसार आइतबार ५ः००बजे डुङ्गामा ४८ जना यात्रा गरिरहेका जनाएको छ ।

उक्त घटनामा घाइते अवस्थामा उद्धार गरिएका छ जनालाई उपचारका लागि अस्पताल लगिएको छ भने डुङ्गा डुब्नुको कारणबारे अनुसन्धान भइरहेको जनाइएको छ ।

दक्षिणपूर्वी सुलावेसीको केन्डारी शहरमा स्थानीय खोज तथा उद्धार एजेन्सीका प्रमुख मोहम्मद अराफाले अन्य २७ जना यात्रुको खोजी भइरहेको र मृतक सबैको सनाखत भइसकेको बताएका छन् ।

एजेन्सीले यसअघि १९ जना हराइरहेको बताएको थियो तर अराफाले खोजी कार्य अब ‘समाप्त भएकोे’ बताउनु भएको छ ।

स्थानीय उद्धार कार्यालयका प्रवक्ता वाह्युदिनका अनुसार डुङ्गा मुना टापुको ‘सेन्ट्रल बुटन रिजेन्सी’को लान्टो र लगिली गाउँको बीचमा रहेको खाडी पार गरिरहेको थियो ।

वाह्युदिनले डुङ्गामा अत्यधिक भार भएको स्थानीय सञ्चारमाध्यममा आएको समाचारको पुष्टि नभएको बताएका छन् ।

इन्डोनेसियाली सञ्चार माध्यमका अनुसार गाउँलेहरू स्थानीय उत्सव मनाउन डुङ्गामा चढी यात्रारत थिए । सन् २०१८ मा सुमात्रा टापुमा रहेको विश्वको सबैभन्दा गहिरो तालमा डुङ्गा डुब्दा १५० जनाभन्दा बढीको मृत्यु भएको थियो ।

गत वर्षको मे महिनामा पूर्वी नुसा तेङ्गारा प्रान्तमा ८०० भन्दा बढी मानिस बोकेको एउटा डुङ्गा पानीमा डुबेको थियो र दुई दिनसम्म अड्केको थियो । उक्त दुर्घटनामा कोही पनि हताहत भएका थिएनन् ।
–रासस

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend