logo

२०८१ असोज २४ बिहिबार

logo
  • बिहिबार, २४ असोज २०८१
  • पहिरो पन्छाइएपछि सञ्चालनमा आयो नारायणगढ–मुग्लिन सडक

    पहिरो पन्छाइएपछि सञ्चालनमा आयो नारायणगढ–मुग्लिन सडक

    777
    Shares
    पहिरो पन्छाइएपछि सञ्चालनमा आयो नारायणगढ–मुग्लिन सडक

    काठमाडौं । चितवनको कालिखोलामा खसेको पहिरो पन्छाएसँगै नारायणगढ–मुग्लिन सडक सञ्चालनमा आएको छ। इच्छाकामना गाउँपालिका–४ स्थित कालिखोलामा बिहान ७ बजे पहिरो खसेको थियो ।

    धेरै ठूलो नभएको उक्त पहिरो हटाइएसँगै अहिले दुवै तर्फका सवारी साधन सहज रूपमा गन्त्वयतर्फ लागेको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ। चितवनमा पछिल्लो ३ घण्टादेखि भारी वर्षा भइरहेको छ।

    लगातारको भारी वर्षासँगै उक्त सडकखण्ड अवरुद्ध हुने क्रम बढेको छ। यसअघि गत असारमा पनि उक्त सडकखण्डमा पटक–पटक पहिरो गएर अवरुद्ध भएको थियो । पानी पर्ने बित्तिकै सडक अवरुद्ध हुने समस्यालाई ख्याल गर्दै सकेसम्म यो सडकखण्डको प्रयोग नगर्न प्रहरीले अनुरोध गरेको छ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend