शुक्रबार, चैत्र २९ २०८१

शुक्रबार, चैत्र २९ २०८१

आफ्नै श्रीमतीको हत्या गरी भारत छिरेका अमानुल्लाह प्रहरी नियन्त्रणमा

आफ्नै श्रीमतीको हत्या गरी भारत छिरेका अमानुल्लाह प्रहरी नियन्त्रणमा

बारा । आफ्नै श्रीमती २३ बर्सिया यास्मिन खातुनको हत्या गरेको आरोपमा भारत बिहार प्रान्त पूर्वी चम्पारण ग्राम पञ्चायत पकडी–१४ का २६ वर्षीय मोहमद अमानुल्लाहलाई प्रहरीले समातेको छ ।

सिम्रौनगढ नगरपालिका–६ बयलहट्टी बजारस्थित माइती घरमा बस्दै आएकी यास्मिनलाई अमानुल्लाहले माइती घरमा आएर धारिलो हतियार प्रहार गरी हत्या गरेको भन्ने खबर पाउँनासाथ इलाका प्रहरी कार्यालय सिमरौनगढबाट खटिएको प्रहरीले आज बिहान उनलाई नियन्त्रणमा लिएको हो ।

यसकासाथै अमानुल्लाहलाई स्थानीयले कुटपिट गर्दा घाइते भएकोमा उनको जिल्ला अस्पताल कलैयामा प्रहरीको निगरानीमा उपचार भइरहेको छ । उक्त घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend