logo

२०८१ मंसिर ९ आइतबार

logo
  • आइतबार, ९ मंसिर २०८१
  • भारतमा प्रधानमन्त्री मोदी नेतृत्वको सरकारविरुद्ध विपक्षी गठबन्धनको अविश्वास प्रस्ताव

    भारतमा प्रधानमन्त्री मोदी नेतृत्वको सरकारविरुद्ध विपक्षी गठबन्धनको अविश्वास प्रस्ताव

    1.3K
    Shares
    भारतमा प्रधानमन्त्री मोदी नेतृत्वको सरकारविरुद्ध विपक्षी गठबन्धनको अविश्वास प्रस्ताव

    नयाँ दिल्ली । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेतृत्वको सरकारविरुद्ध त्यहाँको तल्लो सदन (लोकसभा) मा अविश्वास प्रस्ताव पेश गरिएको छ । विपक्षी गठबन्धनका सांसदहरुले बुधबार अविश्वास प्रस्ताव दर्ता गराएका हुन् ।

    सभामुख ओम बिडलाले अविश्वास प्रस्ताव स्वीकार गर्दै दलहरुसँग छलफलका आधारमा अविश्वास प्रस्तावमाथि कारबाही प्रक्रिया अगाडि बढाउने बताएका छन् ।

    तर, विपक्षी सांसदहरुले प्रधानमन्त्री नरेन्द्र मोदीको उपस्थिति माग गरेका थिए । विपक्षीहरुले बैठकमा हो–हल्ला गरेपछि संसदको कारबाही दिउँसो २ बजेसम्मका लागि रोकिएको छ ।

    संसदीय कार्य राज्यमन्त्री अर्जुन राम मेघवालले विपक्षीहरुले पेस गरेको अविश्वास प्रस्तावको कुनै अर्थ नरहेको टिप्पणी गरेका छन् । उनले भने, ‘पहिला उहाँहरु मणिपुर मामिलामा छलफल चाहनुहुन्थ्यो, हामी त्यसमा तयार भयौँ, पछि उहाँहरुले नियमको मुद्दा उठाउनु भयो । अहिले फेरि नयाँ मुद्दाका रुपमा प्रधानमन्त्रीको जवाफ मागिरहनुभएको छ ।’

    प्रधानमन्त्री मोदीविरुद्ध अविश्वास प्रस्ताव पेस गरे पनि विपक्षी गठबन्धनले प्रस्ताव पास हुने विश्वास भने गरेको छैन। किनभने भारतको संसदमा सत्तारुढ गठबन्धन स्पष्ट बहुमतमा रहेको छ ।

    तर अविश्वास प्रस्ताव पेस भइसकेपछि संसदमा प्रधानमन्त्रीले अनिवार्य रुपमा सम्बोधन गर्नुपर्ने भएकाले पनि विपक्षी गठबन्धनले प्रधानमन्त्रीलाई संसदमा बोल्न बाध्य पार्न यो प्रस्ताव ल्याएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend