काठमाडौं । संसदको चौथो ठूलो दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले अवैधरुपमा नेपाल भित्रिएको सय किलो सुन प्रकरणको निष्पक्ष छानबिनको माग राख्दै प्रतिनिधि सभामा जरुरी सार्वजनिक महत्वको प्रस्ताव गरेको छ ।
‘भन्सारबाट एक क्विन्टल सुन कसरी पास भयो भन्ने विषयमा प्रश्न छ । यस सम्बन्धमा निष्पक्ष छानबिन हुन पर्यो भनेर जरुरी सार्वजनिक महत्वको प्रस्ताव सभामुखलाई बुझाएका छौं ।’ रास्वपा सांसद मनिष झाले भने ।
गृहमन्त्री र अर्थमन्त्रीको राजीनामा माग्ने जस्तो उग्र राजनीति नगरी सुन काण्डको निष्पक्ष छानबिनको मागसहित लोकतान्त्रिक पद्धतिलाई सहयोग गर्नका लागि प्रस्ताव ल्याइएको उनको भनाई छ ।
प्रस्तावमा २० जना सांसदले हस्ताक्षर गरेका छन् ।