logo

२०८१ मंसिर १२ बुधबार

logo
  • बुधबार, १२ मंसिर २०८१
  • एमसीसीबारे अध्यन गर्न नेकपाले बनायो ३ सदस्यीय कार्यदल

    एमसीसीबारे अध्यन गर्न नेकपाले बनायो ३ सदस्यीय कार्यदल

    1.5K
    Shares

    माघ १९ काठमाडौं सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाले एमसीसीबारे पार्टीमा देखिएको विवाद समाधान गर्न समिति गठन गरेको छ। केन्द्रीय कार्यसमिति बैठकमा नेताहरुले उठाएको प्रश्नमा जवाफ दिँदै पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कार्यदल गठन गर्ने घोषणा गरेका हुन् ।

    झलनाथ खनाल संयोजक रहेको समिति सदस्यमा परराष्ट्रमन्त्री प्रदिप ज्ञवाली र नेता भीम रावल रहेका छन्। समितिलाई १० दिनको म्याद राखिएको छ।

    नेकपा नेता रावल एमसीसीको विषयमा पार्टी नेतृत्वको सबैभन्दा ठूला आलोचक हुन्। उनले कुनै पनि हालतमा इण्डोपेसिफिक रणनीतिको हिस्सा बन्न नहुने तर्क गर्दै एमसीसीका प्रावधानहरुमाथि प्रश्न खडा गर्दै आएका छन्। अर्कातिर मन्त्री ज्ञवालीले भने यसको प्रतिरक्षा गर्दै आएका छन्।

    विशेषगरि एमसीसी पारित गर्ने नगर्ने भन्ने कुरामा केन्द्रीय कार्यसमिति बैठकमा केन्द्रिय सदस्यहरुबाट फरकफरक बिचार आइरहेका छन्। कतिपयले एमसीसी नेपालको विकासमा महत्वपुर्ण हुने भन्दै यसलाई पारित गर्नुपर्ने पक्षमा छन् भने कतिपय सदस्यले यो मुलुकको हितमा नभएको भन्दै यसलाई पास गर्न नहुने धारणा राखेका छन्।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend