
काठमाडौं । सर्वोच्चले कोशी प्रदेशमा नयाँ सरकार गठनको प्रक्रिया सुरु गर्न आदेश दिएको छ ।
न्यायाधीश ईश्वर प्रसाद खतिवडा,आनन्दमोहन भट्टराई र तिलप्रसाद श्रेष्ठको पूर्ण इजलासले बिहीवार मुख्यमन्त्री उद्धव थापाको नियुक्ति बदर गर्दै एक साताभित्र बहुमत पाउने दललाई मुख्यमन्त्री बनाउन आदेश जारी गरेको हो ।
संविधानको धारा १६८ (२) बमोजिम २ वा दुई भन्दा बढी दलको बहुमत प्राप्त गर्ने व्यक्तिलाई मुख्यमन्त्री नियुक्त गर्न अदालतले बाटो खोलिदिएको हो।
तर, बहुमत जुटाउन नसकेको खण्डमा भने सबैभन्दा ठूलो दलको नेताको हैसियतमा एमालेका संसदीय दलका नेता हिक्मत कार्कीलाई प्रदेश प्रमुखले मुख्यमन्त्री नियुक्त गर्नुपर्नेछ ।
सर्वोच्चले सरकार गठनमा सभामुखको सहभागिता संविधानविपरित ठहर गर्दै थापालाई प्रदेश प्रमुख पर्शुराम खापुङले गरेको मुख्यमन्त्री नियुक्ति बदर गरिदिएको छ ।
सर्वोच्चले सरकार गठनमा सभामुखले कसैलाई समर्थन गर्न नमिल्ने भनेको छ भने परमादेश जारी गर्न पनि अस्वीकार गरेको छ ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend