logo

२०८१ असोज १२ शनिबार

logo
  • शनिबार, १२ असोज २०८१
  • २९ दशमलव ७१ अङ्कले आज पनि घट्यो नेप्से परिसूचक

    २९ दशमलव ७१ अङ्कले आज पनि घट्यो नेप्से परिसूचक

    924
    Shares
    २९ दशमलव ७१ अङ्कले आज पनि घट्यो नेप्से परिसूचक

    काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक २९ दशमलव ७१ अङ्कले ओरालो लागेर दुई हजार एक सय २६ दशमलव ४८ मा सीमित भएको छ ।

    ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पाँच दशमलव २६ अङ्कले ओरालो लागेर चार सय तीन दशमलव ८४ मा सीमित भएको हो ।

    आज कारोबार भएका कूल १३ उपसमूहको शेयर मूल्यमा नै गिरावट आएको छ । कूल ६२ लाख ७१ हजार सात सय ७७ कित्ता शेयर दुई अर्ब ४२ करोड ५७ लाख ८० हजार सात सय ८० मूल्यमा खरिद बिक्री भएका छन् ।

    नेप्सेका अनुसार कारोबार रकमका आधारमा शिवम् सिमेन्ट शीर्ष स्थानमा छ । सो कम्पनीको १० करोड ५७ लाख ५९ हजार नौ सय ६६ मूल्यमा खरिद बिक्री भएका छन् ।

    यस्तै, हिमालयन लाइफ इन्स्योरेन्स आठ करोड ३६ लाख ६० हजार पाँच सय ७३,प्रोगेसिभ फाइनान्स छ करोड ८० लाख ७७ हजार,नेपाल पुनरबीमा कम्पनी छ करोड ११ लाख ७१ हजार र एभरेष्ट बैंक छ करोड तीन लाख ८० हजार, छ सय १६ बराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भएका छन् ।

    नेप्सेका अनुसार, एनआइसी एशिया फ्लेक्स फण्ड सात दशमलब ३९, मनकामना स्मार्ट लघुवित्त पाँच दशमलव ९०, इमर्जिङ नेपाल पाँच दशमलव ६६, अभियान लघुवित्त पाँच दशमलव ६१ र सिक्लेस हाइड्रोपावरको शेयर मूल्य चार दशमलव शून्य नौ प्रतिशतले बढेको छ ।

    यस्तै, किसान लघुवित्त आठ दशमलव ६८, प्रोगेसिभ फाइनान्स चार दशमलव ९८, माइ खोला हाइड्रोपावर चार दशमलव ९०, मिथिला लघुवित्त चार दशमलव ६७ र बरुण हाइड्रोपावरको शेयर मूल्य चार दशमलव २० प्रतिशतले घटेको छ ।
    –रासस


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend