शुक्रबार, चैत्र २९ २०८१

शुक्रबार, चैत्र २९ २०८१

यस्तो छ आजको फलफूल तथा तरकारीको मूल्य, गोलभेडा १०० रूपैयाँ

यस्तो छ आजको फलफूल तथा तरकारीको मूल्य, गोलभेडा १०० रूपैयाँ

काठमाडौं । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको मूल्य सूची सार्वजनिक गरेको छ । जसअनुसार नेपाली गोलभेडा ठूलो प्रतिकेजी न्यूनतम मूल्य १००, टनेल गोलभेडा सानो ५६, घिउ सिमी लोकल २५, कुरीलो प्रतिकेजी २५०, काउली स्थानिय प्रतिकेजी ६० रुपैयाँ , आलु रातो ४८, भारतीय आलु रातो ३६, लौका ५० कायम भइ कारोबार भइरहेको छ ।

त्यसैगरी डल्लेच्याउ प्रतिकेजी ३०० रुपैयाँ ,गाजर १२०,बन्दा लोकल १० , मूला रातो ३०, भन्टा लाम्चो ३०, मकै बोडी ४०, टाटे सिमी ८०, ब्रोकाउली ७०, कागती १४० रुपैयाँ, भिण्डी रू ४०, न्यूरो ७० रुपैयाँ, रातो बन्दा प्रतिकेजी ६० रुपैयाँ ,लोकल काक्रो ४०,तामा ११०, अदुवा प्रतिकेजी २५० रहेको समितिले जनाएको छ ।

समितिका अनुसार केरा दर्जन १४०,अनार ३०० रुपैयाँ, नासपाती ६०,आभोकाडो ५०० रुपैयाँ,कालो अंगुर ५००, किवि ८००, हरियो खुर्सानी अकबरे ३५० रुपैयाँ,रहु माछा ३१०, छडी माछा २४०, ताजा माछा९मुंगरी० ३०० रुपैयाँ कायम भइ खरिद बिक्री भइरहेको समितिले जनाएको छ ।

यस्तै, मालदह आँप १५०, हरियो धनिया ५०,लसुन हरियो ८०, खु्र्सानी सुकेको ४५०, नेपाली लसुन २००, चाइनिज लसुन २६०,रुख कटहर ३५, भेडे खु्र्सानी ७० मा कारोबार भइरहेको छ ।

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend