शुक्रबार, चैत्र २९ २०८१

शुक्रबार, चैत्र २९ २०८१

बैतडीमा पाँच दिनदेखि बालक बेपत्ता

बैतडीमा पाँच दिनदेखि बालक बेपत्ता

बैतडी । बैतडीको पञ्चेश्वर गाउँपालिका–४ कनिना डङाका १४ वर्षीय रमेश भट्ट बेपत्ता भएका छन् । उनी पाँच दिनदेखि सम्पर्कमा छैनन् ।

सुस्तमनस्थितिका भट्ट गत आइतबारदेखि घरबाटै बेपत्ता भएका हुन् । उनको परिवारले खोजतलास गरिदिन प्रहरीमा निवेदन दिएको छ ।

भट्टको खोजी जारी रहेको र हालसम्म फेला नपरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता तथा प्रहरी निरीक्षक लोकराज जोशीले जानकारी दिए ।
–रासस

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend