logo

२०८१ असार १५ शनिबार

logo
  • शनिबार, १५ असार २०८१
  • जनक र निखिताको कोसेली ‘पियार’

    जनक र निखिताको कोसेली ‘पियार’

    417
    Shares
    जनक र निखिताको कोसेली  ‘पियार’

    काठमाडौं । अभिनेत्री मल्लिका महत र अनुज गुरुङ फेरि एकसाथ नयाँ म्युजिक भिडियोको अभिनयमा देखिएका छन् ।

    ‘पियार’ बोलको म्युजिक भिडियोमा उनीहरु एकसाथ देखा परेका हुन्। युवा पुस्ताका दुई गायक गायिका जनक ताम्राकार र निखिता थापाको यस गीतमा युगल गायन रहेको छ ।

    ‘मै छु नि तिम्रो पियार सान्नानी’, ‘सलल पानी यो जिन्दगानी, बगेर जाने छ एक दिन त’, ‘आगो है लाग्यो मधु र वन’, ‘केलाई खोज्नु सुन र चाँदी, मै छु नि तिम्रो पियार सान्नानी’, ‘रेशम, रेशम, रेशमी केश, चन्द्रमा तिम्रो मुहार’ लगायत बोलका गीत म्युजिक भिडियोमा समावेश गरिएको छ ।

    हृदयस्पर्शी यस गीतमा शब्द र सङ्गीत महेश ताम्राकारको रहेको छ भने प्रसन परियारको सङ्गीत संयोजन रहेको छ । उत्तम हुमागाईले छायाङ्कन गरेका यस गीतको भिडियोलाई विकाश धमलाले सम्पादन गरेका हुन् । निकेश खड्काको निर्देशनमा तयार पारिएको भिडियोको निर्मात्री दिलु गुरुङ रहेकी छिन् ।

    भिडियो गायक ताम्राकारको युट्युब च्यानल ‘जनक ताम्राकार’ मार्फत सार्वजनिक भएको हो । यसअघि मल्लिका र अनुज अभिनित ‘नौडाँडा पारी–२’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको थियो । नयाँ म्युजिक भिडियो मोडल गुरुङको जन्मदिनका अवसरमा सार्वजनिक गरिएको जनाइएको छ ।
    –रासस


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend