बिहिबार, बैशाख ४ २०८२

बिहिबार, बैशाख ४ २०८२

कोशीको मुख्यमन्त्रीका लागि ४ दिनभित्र दाबी पेश गर्न आह्वान

कोशीको मुख्यमन्त्रीका लागि ४ दिनभित्र दाबी पेश गर्न आह्वान

काठमाडौं । कोशी प्रदेशको मुख्यमन्त्रीका लागि चार दिनभित्र दाबी पेश गर्न आह्वान गरिएको छ ।

प्रदेश प्रमुख परशुराम खापुङले १६ गते अपराह्न ५ बजेभित्र संविधानको धारा १६८ (२) बमोजिम दुई वा दुईभन्दा बढी दलको सर्मथमा बहुमत प्राप्त गर्न सक्ने प्रदेशसभा सदस्यलाई मुख्यमन्त्रीमा दाबी पेश गर्नका लागि आह्वान् गरेका हुन् ।

हिजो (बिहीबार) मात्रै सर्वोच्च अदालतले मुख्यमन्त्रीमा उद्धव थापाको नियुक्ति बदर गर्नुका साथै संविधानको धारा १६८ (२) अनुसार १७ गतेभित्रै मुख्यमन्त्री नियुक्त गरिसक्न परमादेश जारी गरेको थियो ।

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend