सनत हमाल, मुगु । कर्णाली प्रदेशको मुगु जिल्लामा अवस्थित राराताल नेपालकै एक उत्कृष्ट पर्यटकीय गन्तव्यका रुपमा सुप्रसिद्ध रहेको छ ।
रमणीय रारा तालकाे संरक्षण तथा उचित व्यवस्थापन गरिनुका साथै प्रभावकारी प्रचारप्रसारले आन्तरिक तथा बाह्य पर्यटकहरुकाे मन लाेभ्याउन थालेपछि स्वदेशी तथा विदेशी पर्यटकको मुख्य आकर्षणको थलोमध्ये राराताल एक बन्न पुगेकाे हाे ।
प्रमुख पर्यटकीय गन्तव्य रारातालमा आन्तरिक तथा बाह्य पर्यटकको चहलपहल निकै बढेको र रारामा पर्यटक बढेपछि होटल र घोडा व्यवसायी तथा डुङ्गा चालकलाई समेत भ्याइनभ्याई हुन थालेको छ। घोडामार्फत पर्यटकलाई ताल वरिपोरी मुर्माटप, घुमाउने गरिएको स्थानीयवासीले बताए ।
आर्थिक वर्ष २०७९/०८० मा ११ हजार ७ सय ९२ जना आन्तरिक तथा बाह्य पर्यटकले रारातालकोअवलोकन तथा भ्रमण गरेका छन् । तीमध्ये १८० विदेशी र २७ जना सार्क राष्ट का पर्यटक रहेका छन् भने बाँकी नेपाली पर्यटक रहेका रारा राष्ट्रिय निकुञ्जका नि. कार्यालय प्रमुख
जहेहरी धीतालले बताएका छन् ।
धीतालका अनुसार आर्थिक वर्ष २०७९/०८० मा रारा राष्ट्रिय निकुञ्जले विभिन्न शीर्षकमा ३६लाख ५८ हजार ३२१ रुपैया राजश्व सङ्कलन समेत गरेको छ ।
पछिल्लो समय मोटरसाइकलको यात्रा, गाडी रिर्जभ गरेर विशेषगरी देश भरिकै ठाउँबाट रारा घुम्न आउने गरेका छन् ।