logo

२०८१ मंसिर १२ बुधबार

logo
  • बुधबार, १२ मंसिर २०८१
  • केन्द्रिय समितिको बैठक सकिएलगत्तै ओली प्रचण्डबीच भेटवार्ता, के भयो कुरा ?

    केन्द्रिय समितिको बैठक सकिएलगत्तै ओली प्रचण्डबीच भेटवार्ता, के भयो कुरा ?

    1.6K
    Shares

    माघ २१ काठमाडौं सत्तारुढ नेपाल कम्युनिनिष्ट पार्टी नेकपा का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ। भेटमा केन्द्रीय कमिटी बैठकको समीक्षा, एमसिसीका बारेमा निर्णय गर्न बनाइएको कार्यदल र पार्टी एकता टुङ्ग्याउने विषयमा छलफल भएको नेकपा स्रोतले जनाएको छ।

    नेकपा केन्द्रिय समितिको बैठक हिजो पाँच दिन चलेर सकिएको छ। उक्त बैठकको समिक्षा, बैठकमा केन्द्रिय सदस्यहरुले उठाएका विषयहरु लगायतका विविध विषयमा बैठक केन्द्रित रहेको बुझिएको छ।

    साथै बैठकमा पार्टी एकताका बाँकी कामहरु छिट्टै टुंग्याउनेवारे पनि छलफल भएको छ। बाँकी रहेका पार्टीका जनवर्गीय संगठनबीच एकता प्रक्रिया १५ दिनभित्र टुङ्ग्याइसक्ने बैठकमा प्रचन्डले बताएका थिए।

    उता केन्द्रिय समितिको बैठकमा एमसीसीबारे व्यापक कुरा उठेपछि बैठकले वरिष्ठ नेता झलनाथ खनालको संयोजकत्वमा भीम रावल र प्रदिप ज्ञवाली रहने गरि कार्यदल गठन गरेको छ। एमसीसीबारे सुझाव संकलन गर्न उक्त कार्यदल गठन गरिएको हो।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend