logo

२०८१ असोज ४ शुक्रबार

logo
  • शुक्रबार, ४ असोज २०८१
  • बङ्गलादेशमा व्यापक विरोध प्रदर्शन

    बङ्गलादेशमा व्यापक विरोध प्रदर्शन

    1.4K
    Shares
    बङ्गलादेशमा व्यापक विरोध प्रदर्शन

    एजेन्सी । बङ्गलादेशको राजधानी ढाकामा विशाल विरोध प्रदर्शन भएको छ । परिस्थितिलाई नियन्त्रणमा लिन र शान्तिसुव्यवस्था कायम गर्न सुरक्षाकर्मीलाई हम्मेहम्मे परेको छ ।

    राजधानीका मुख्य सडकमा उत्रेका प्रदर्शनकारीले धानमन्त्रीको राजीनामा माग्दै यातायात सेवा ठप्प पारेका छन्भने प्रहरीमाथि ढुङ्गामुढा गरेका छन् । प्रहरीले आफूहरूमाथि ढुङ्गामुढा भएपछि भीडलाई तितरबितर गर्न रबरको गोली र अश्रुग्यास प्रहार गरेको छ ।

    विपक्षी बङ्गलादेश नेसनलिस्ट पार्टी (बिएनपी) र उसका सहयोगीहरूले गत वर्षदेखि शेख हसिनाको राजीनामा र आगामी जनवरीमा हुने निर्वाचनसम्म कामचलाउ सरकार गठन हुनुपर्ने माग गर्दै शृङ्खलाबद्ध विरोध प्रदर्शन गरेका छन् ।

    शहरका प्रमुख नाकाहरूमा सवारी आवागमन अवरुद्ध गर्न बिहान भेला भएका हजारौँलाई हटाउन प्रहरी लागेपछि धेरै स्थानहरूमा दोहोरो झडप भएका छन् ।

    केही प्रहरी अधिकारी घाइते भएका ढाका महानगरीय प्रहरीका प्रवक्ता फारुक अहमदले एएफपीलाई बताएका छन् । उनले स्थितिलाई नियन्त्रणमा लिने अश्रुग्यास र रबरका गोली प्रहार गरिएको बताएका छन् । ढाका शहर वरपरका चार स्थानमा प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ ।
    –रासस


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend