logo

२०८१ असार १५ शनिबार

logo
  • शनिबार, १५ असार २०८१
  • ‘मिस यूनिभर्स नेपाल– २०२३’ सँग जोडियो ‘कान्तिपुर डेन्टल हस्पिटल’

    ‘मिस यूनिभर्स नेपाल– २०२३’ सँग जोडियो ‘कान्तिपुर डेन्टल हस्पिटल’

    1.2K
    Shares
    ‘मिस यूनिभर्स नेपाल– २०२३’ सँग जोडियो ‘कान्तिपुर डेन्टल हस्पिटल’

    काठमाडौं । चर्चित सौन्दर्य प्रतियोगिता ‘मिस यूनिभर्स नेपाल –२०२३’ सँग कान्तिपुर डेन्टल कलेज एण्ड हस्पिटल जोडिएको छ । डेन्टल पार्टनरको रुपमा यो अस्पताल जोडिएको हो ।

    उमंगा क्रियशन प्रा.लि र कान्तिपुर कलेज एण्ड डेन्टल हस्पिटलविच लिखित सम्झौता गरिएको छ । हस्पिटलका प्रमुख डाक्टर बुद्धिमान श्रेष्ठ र उमंगा क्रियशनबीच सम्झौता भएको हो ।

    सम्झौता कार्यक्रममा उमंगा क्रियशनका प्रबन्ध निर्देशक उद्धव अधिकारी, राष्ट्रिय निर्देशक नग्मा श्रेष्ठ, ‘मिस यूनिभर्स नेपाल २०२२’ कि बिजेता सोफिया भुजेल लगायतको उपस्थिती थियो ।

    उक्त सम्झौता अनुसार, अब ‘मिस यूनिभर्स नेपाल’का प्रतिस्पर्धीहरुले अस्पतालको बिषयमा आम मानिसहरुलाई जानकारी दिनेछन् । साथै, अस्पतालमा अब प्रतिस्पर्धीहरुको दातको चेकअप हुनेछ । यसका साथै, विजेताहरुलाई सर्जरीको सुविधा समेत कलेजले दिने सहमति गरिएको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend