logo

२०८१ असोज १५ मंगलबार

logo
  • मंगलबार, १५ असोज २०८१
  • पौडी खेल्ने क्रममा नदीको बिच भागमा अड्किएका व्यक्तिको सकुशल उद्वार

    पौडी खेल्ने क्रममा नदीको बिच भागमा अड्किएका व्यक्तिको सकुशल उद्वार

    1.1K
    Shares
    पौडी खेल्ने क्रममा नदीको बिच भागमा अड्किएका व्यक्तिको सकुशल उद्वार

    कास्की । कास्की जिल्लाको माछापुच्छ्रे गाउँपालिका–१ खिलाङ्ग स्थित सेती नदिको बिच भागमा अड्किएका व्यक्तिको सशस्त्र प्रहरीले आइतवार सकुशल उद्वार गरेको छ ।

    सुर्खेत जिल्ला घर भई सोही ठाउँ बस्ने २१ वर्षिय तेज बहादुर घर्तीमगर पौडी खेल्ने क्रममा नदीको बिच भागमा अड्किएका थिए ।

    सो बारे जानकारी पाउनासाथ नं. २४ कालिका गण कास्कीबाट गोताखोर सहितको टोली खटिई उनको सकुशल उद्वार गरिएको हो ।

    यसैगरी सोही जिल्लाको पोखरा महानगरपालिका–१८ स्थित साराङकोटमा पहिरोमा परी क्षती भएको दुई वटा घरको सामान सुरक्षित स्थानमा सारिएको छ ।

    सोही ठाउँ बस्ने ४७ वर्षिय सुन्दर श्याम अधिकारी र ५० वर्षिय मैत कुमारी हमालको घरमा वर्षाको कारण पहिरो गई क्षति पुगेको थियो ।

    घरमा रहेका खाद्यान्न, लत्ताकपडा, भाँडाकुडाँ, फर्निचरका लगायतका सामान नम्बर २४ कालिका गण कास्कीबाट खटिएको सशस्त्र प्रहरीले स्थानीय वासिन्दाको सहयोगमा सुरक्षित स्थानमा सारेको सशस्त्र प्रहरी निरीक्षक दिल कुमार श्रेष्ठले जानकारी दिए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend