बिहिबार, चैत्र २८ २०८१

बिहिबार, चैत्र २८ २०८१

प्रहरीले रोके पछि प्रधानमन्त्री निवास घेर्न गएका ठेकेदारहरु भाटभटेनीमा नारा लगाउँदै

प्रहरीले रोके पछि प्रधानमन्त्री निवास घेर्न गएका ठेकेदारहरु भाटभटेनीमा नारा लगाउँदै

काठमाडौँ । आफ्ना माग पूरा गराउन आन्दोलनमा उत्रेका निर्माण व्यवसायीहरु आज पनि प्रधानमन्त्रीको निवास घेराउ गर्न पुगेका छन् । तर, उनीहरुलाई प्रहरीले भाटभटेनी मन्दिर नजिकै रोकिदिएको छ ।

नेपाल निर्माण व्यवसायी महासंघको आयोजनामा भएको आन्दोलनमा ठेकेदारहरुले भुक्तानी सहजीकरण, ठेक्काको म्याद थप, सार्वजनिक खरिद अनुगमनलगायत नौ बुँदे माग राखेका छन् । महासंघ अध्यक्ष रवि सिंहको नेतृत्वमा भएको नाराबाजीमा सल्लाहकार तथा पूर्व अध्यक्ष यक्षध्वज कार्की, वरिष्ठ उपाध्यक्ष आङ दोर्जी लामा ए.डी., कार्यवाहक महासचिव शिवहरि घिमिरे, कोषाध्यक्ष हिरणकुमार श्रेष्ठलगायतको उपस्थिति रहेको बताइएको छ ।

टाउकोमा हेल्मेट लगाएका उनीहरुले तीन वटा जेसीबीमा तुल टाँगेका छन् । आन्दोलनकारीहरुले सार्वजनिक खरिद ऐन तथा नियमावली तुरुन्त संशोधन गर, जुनसुकै अवधिको ठेक्काको मूल्य समायोजन गर, विभिन्न निकायमा काम गरेवापतको रकम तुरुन्त भुक्ताती गर, सम्पूर्ण ठेक्काको एकमुष्ट म्याद थप गर, विगतका सम्झौता कार्यान्वयन गरलगायत नारा लगाएका छन् ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend