सोमबार, चैत्र २५ २०८१

सोमबार, चैत्र २५ २०८१

माधव नेपाल भन्छन्– सबै नेताहरु बन्नुपर्ने जति इमान्दार भएनन्

माधव नेपाल भन्छन्– सबै नेताहरु बन्नुपर्ने जति इमान्दार भएनन्

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालले इमान्दारीताबाट मात्रै देशले सफलता प्राप्त गर्ने बताएका छन् ।

मंगलवार काठमाडौंमा आयोजित एक कार्यक्रममा पार्टी अध्यक्ष नेपालले सबै नेताहरु बन्नुपर्ने जति इमान्दार बन्न नसकेको बताएका हुन् । उनले देश बनाउने भावना जागृत भएमात्रै देश विकास हुने बताए ।

उनले आफूलाई केन्द्रबिन्दुमा राखेर अघि बढ्न खोज्दा देशको विकास नभएको बताए । नेपालले कुनैपनि कार्य गर्न इमन्दारिता मुख्य कुरा रहेको भन्दै सबै व्यक्ति आफूप्रति इमान्दार हुनुपर्ने बताए ।

नेपालले भने, ‘जे सुकै गर्नका लागि पहिलो कुरा इमान्दारीता हो । आफूप्रति इमान्दार हौं । आफ्नो पढाईप्रति इमान्दार हौं । र, मिहिनेती बन्नुपर्छ । इमान्दार र मेहनती भयोभने जस्तो सुकै क्षेत्रमा पनि सफल हुन सकिन्छ । अल्छी मान्छेले केही गर्न सक्दैन । अल्छी हुनुहुँदैन, ढाँट्न हुँदैन, छलछाम गर्नुहुँदैन । हामी आफ्नो देश बनाउन सक्छौं की सक्दैनौं भन्ने प्रश्न खडा भएको छ । हामी नेपालीहरु देश निर्माण गर्नका लागि सक्षम छौं की छैनौं ? यी प्रश्नहरु विभिन्न देशमा उठेका छन् । हामी सबै बन्नुपर्ने जति इमान्दार बनेका छैनौं । हामी देश बनाउने भावनाले ओतप्रोत बनेका छैनौं । हामी आफूलाई केन्द्रबिन्दुमा राख्ने गरेका छौं । देश र जनतालाई केन्द्रबिन्दुमा राखेका छैनौं । देशको हीतलाई केन्द्रबिन्दुमा राख्यौं भने देशलाई आँच आयो भने हाम्रो स्वाधिनता र सम्मानमा ठेस लाग्ने काम भयो भने नेपालीहरुलाई त्यो स्वीकार्य हुँदैन । जनताको सन्दर्भमा पनि जनतामा भेदभाव, अन्याय, अत्याचार भयो भने थिचोमिचो भयो भने अनि एउटाले अर्कोलाई विभिन्न हिसावले गरिव भनेर हेला गर्ने, दलित भनेर हेला गर्ने, विपन्न भनेर हेला गर्ने यस्तो प्रवृत्ति भयो भने यो देशले प्रगति गर्न सक्दैन ।’

नेपालले संविधानमा अधिकारहरु थुप्रै दिएपनि लागू हुने कुरामा कमी देखिएको बताए ।

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend